काठमाडौं । नेपाल प्रहरीको पेट्रोल पम्पमा भएको अनियमिततासम्बन्धि भ्रष्टाचार मुद्दामा बिशेष अदालतले गरेको फैसलाउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्बोच्च अदालत पुगेको छ ।
बिशेषको फैसला चित्त नबुझी अख्तियारले मंगलबार सर्बोच्च अदालतमा पुनरावेदन गरेको हो ।
प्रहरी पेट्रोल पम्पमा एक करोड तीन लाख ९७ हजार अनियमितता भएको भएको दाबीसहित अख्तियारले असई दिलिप कार्कीविरुद्ध मुद्दा दायर गरेको थियो ।
जून मुद्दामा बिशेष अदालतले गत वर्ष २५ असोजमा फैसला सुनाउँदै ६ महिना कैद र ६० लाख ७५ हजार जरिवानाको सजाय सुनाएको थियो ।
असई कार्कीले ४३ लाख रुपैयाँ कल्याण शाखामा दाखिला गरेको दाबीका अनुसार त्यसरी बिशेषले जरिवाना घटाएको थियो ।
गलत ब्याख्या गरी जरिवाना घटाइएको भन्दै त्यसउपर अख्तियारले सर्बोच्चमा पुनरावेदन गरेको हो ।
कल्याण महाशाखा मातहतको पेट्रोल पम्पमा हाकिमहरुको मिलेतोमा अनियमितता भएको थियो । तर, असईलाई मात्र मुद्दा दायर भएको स्रोत बताउँछ ।
Leave a Reply