Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • बाढीले मनोहरा करिडोरका सडक ठाउँ–ठाउँमा अवरुद्ध

    बाढीले मनोहरा करिडोरका सडक ठाउँ–ठाउँमा अवरुद्ध

    अनलाइन नेपाल
  • बुधबार, १६ साउन २०८१
  • 291
    SHARES

    काठमाडौं । बाढीका कारण काठमाडौंका खोला तथा नदी किनारका सडक ठाउँ–ठाउँमा अवरुद्ध भएका छन्।

    कागेश्वरी मनोहरा क्षेत्रको करिडोरका सडकमा अहिले पनि पानी जमेपछि सडक अवरुद्ध भएको हो ।



    सडक नै बाढीले ढाक्दा यातायात आवागमन प्रभावित भएको छ । कागेश्वरी मनोहरा क्षेत्रको करिडोर पनि जलमग्न छ।



    झट्ट हेर्दा सडक हो कि खोला हो भनेर छुट्याउन गाह्रो जस्तो देखिन्छ । कतिपय स्थानका करिडोर क्षेत्र हिलाम्य भएको छ।

    गएराति काठमाडौं उपत्यकामा परेको पानीले ठूलो बाढी आएको थियो । नदी तथा खोला किनारका बस्तीमा बाढी पस्दा स्थानीयको दैनिकी नै प्रभावित भएको छ ।

    च्यासलस्थित एमाले केन्द्रीय कार्यालय, शंखपार्क, सुकुम्बासी बस्ती, कालिमाटी तरकारी बजार क्षेत्र लगायतका स्थानमा जलमग्न भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार