लमजुङ । पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ ।
गए रातिदेखिको निरन्तरको वर्षाले यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको हो ।
केही वर्ष अघि पनि पटकपटक पहिरो खसेको स्थानमा आज पनि पहिरो खसेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
सडक अवरुद्ध हुँदा मनाङ र लमजुङको उत्तरी क्षेत्रका स्थानीयलाई आवतजावतमा समस्या भएको छ ।
Leave a Reply