Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • सचिवहरुलाई प्रधानमन्त्री ओलीले सोधे – पानीजहाज र रेलको प्रगति विवरण खोइ ?

    सचिवहरुलाई प्रधानमन्त्री ओलीले सोधे – पानीजहाज र रेलको प्रगति विवरण खोइ ?

    अनलाइन नेपाल
  • बुधबार, १६ साउन २०८१
  • 678
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २ वर्ष पुग्नुभन्दा एक साताअघि नै आफूले राजीनामा दिने बताएका छन् । २ वर्ष आफ्नो सरकार जाने बताउँदै ओलीले त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने बताए ।

    मंगलबार सिंहदरबारमा मन्त्री तथा सचिवहरूलाई विशेष निर्देशन दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले सरकारप्रति ढुक्क हुन भनेका छन् ।



    ‘यो सरकारमा पनि कति दिन हो र ? अस्ति कसले तिथि तोक्दै गरेको सुनेको थिएँ, राजनीतिक ज्योतिषी पल्टिँदै थिए,’ ओलीले भने, ‘मेरो नेतृत्वमा २ वर्ष चल्ने हो, मैले २ वर्ष पुग्नु एक साताअघि नै राजीनामा गरिसकेको हुनेछु ।’ उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचनमा जाने बताए ।



    उनले सरकार ढल्ने त के ढलपलसमेत नहुने ठोकुवा गरे । अहिलेको सरकार स्थिरता भएको सरकार भनी उनले विश्वास दिलाए । ‘सरकार कुनै पनि प्रकारको दाउपेच, केका लागि छिर्के लगाएर बनेको होइन, कर्तव्यबोध गरेर बनाएको हो, ठूला पार्टीले सुझबुझ गरेर बनाएको हो,’ प्रधानमन्त्री ओलीले भने, ‘यो सरकार ढल्ने त के ढलपल पनि हुँदैन ।’

    प्रधानमन्त्री ओलीले मुलुकको विकास र समृद्धिका लागि लक्ष्य तोकेर नतिजामुखी भएर काम गर्न सबै मन्त्रालयका मन्त्री र सचिवलाई निर्देशन दिए । विद्यमान ऐन कानुनको अधीनमा रही आफूलाई तोकिएको जिम्मेवारी समयमा पूरा गर्न उनले निर्देशन दिए ।

    आफ्नै पानीजहाज र रेल सञ्चालन गर्ने विषयमा भएको प्रगति माग गर्दै प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरुलाई विशेष निर्देशन पनि दिएका छन् । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार