Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • भोजपुरमा बाढी : जलविद्युत् आयोजनाका दुई मजदुर बेपत्ता, एकको उद्धार

    भोजपुरमा बाढी : जलविद्युत् आयोजनाका दुई मजदुर बेपत्ता, एकको उद्धार

    अनलाइन नेपाल
  • बुधबार, १६ साउन २०८१
  • 375
    SHARES

    भोजपुर । अविरल वर्षाका कारण आएको बाढीले बगाएर भोजपुरमा दुई जना बेपत्ता भएका छन् ।

    भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन ईखुवा जलविद्युत आयोजनामा कार्यरत दुई मजदुरलाई बाढीले बगाएको थियो ।



    जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख युवराज तिम्सिनाका अनुसार गए रातिको बाढीले जलविद्युत् आयोजनाका दुईजना कामदार हराएका हुन्।



    बर्दियाको बाराबर्दिया गाउँपालिका–३ का २६ वर्षीय श्यामकुमार थारू र सोही ठाउँका ३० वर्षीय रमेश थारू बेपत्ता भएका हुन्। बाढीमा परेका २६ वर्षीय राम किसन थारूको उद्धार गरिएको छ।

    सामान्य घाइते भएका उनको स्थानीय स्वास्थ्य चौकी कुलुङमा उपचार भइरहेको छ । बेपत्ता भएकाको खोजी जारी छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार