Online Nepal
  • बुधबार, २४ पुष २०८१
  • किन विवादमा तानिइन् देवी प्रतिभा ?

    किन विवादमा तानिइन् देवी प्रतिभा ?

    अनलाइन नेपाल
  • मंगलबार, १५ साउन २०८१
  • 13.9K
    SHARES

    काठमाडौं । अन्तर्राष्ट्रिय कथा वाचिका प्रतिभा पराजुली, अर्थात् ‘देवी प्रतिभा’ विवादमा तानिएकी छिन् ।

    पशुपति क्षेत्रमा सञ्चालन भइरहेको ‘पशुपति कोटीहोम तथा १०८ श्रीमद्भागवत विश्वकल्याण मासिक ज्ञान महायज्ञ–२०८१’मा सहभागी हुन नेपाल आएकी उनी विभिन्न अभिव्यक्तिका कारण विवादमा तानिएकी हुन् ।



    उनले पशुपति कोटीहोम सहभागी भएपछि लिएको पारिश्रमिकका बारेमा पनि बहस भइरहेको छ । तर उनले आफूले एक पैसा पनि पारिश्रमिक नलिएको दाबी गरेकी छिन् । उनले आफ्ना बोडिगार्डको मात्रै खर्च आयोजकले वेहोरेको बताउँदै आएकी छिन् । तर यस विषयमा विवाद भइरहेको छ ।



    यसैगरी हिन्दु र सनातन संस्कृतिमा ‘डिभोर्स’भन्ने शब्द नै नभएकाले पति जति नै खराब भए पनि महिलाले सहेर बस्नुपर्ने आशयसहित उनले दिएको अभिव्यक्तिको नेपालमा कडा आलोचना भइरहेको छ ।

    उनले भारतीय कथावाचक शैलेन्द्र नन्द अर्थात बाल प्रभूजी महाराजसँग विवाह गरिसकेको विभिन्न सञ्चारमाध्यममार्फत समाचार सार्वजनिक भएका छन् । तर पुष्टि हुन भने सकेको छैन् । उनले एक टेलिभिजन अन्तरवार्तामा विवाह नगरेको आशय व्यक्त गरेकी थिइन् ।

    भारतको बृन्दावनमा रही प्रवचनमा स्थापित प्रतिभा अहिले पशुपति क्षेत्रमा सञ्चालन भइरहेको ‘पशुपति कोटीहोम तथा १०८ श्रीमद्भागवत विश्वकल्याण मासिक ज्ञान महायज्ञ–२०८१’मा सहभागी भएकी थिइन् ।

    तर उनी मंगलबार यहाँबाट विदाइ भएकी छिन् । उनी १४ दिन बसाइपछि मंगलबार त्रिभुवन विमानस्थल हुँदै भारततिर फर्किँदा उनले जन्मभूमिलाई ढोगेकी थिइन् । विमानस्थलबाट बिदाइ हुने क्रममा झुकेर भुइँमा ढोगेकी उनी केही विवाद र गुनासा लिएर भारतरतिर फर्किएकी हुन् ।

    उनको जन्म नेपालको काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० ज्वानेटारमा भएको थियो । हाल उनी भारतको बृन्दावनमा बस्दै आएकी छिन् ।

    * (यसअघि यस समाचारमा अन्यथा हुन गएकोमा क्षमायाचनासहित सच्याइएको छ ।–सं.)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार