Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • न्याय सेवा आयोगले गर्‍यो दुई सहसचिव सचिवमा बढुवा सिफारिस

    न्याय सेवा आयोगले गर्‍यो दुई सहसचिव सचिवमा बढुवा सिफारिस

    अनलाइन नेपाल
  • मंगलबार, १५ साउन २०८१
  • 726
    SHARES

    काठमाडौँ । न्याय सेवा आयोगले दुईजना सहसचिवको सचिवमा बढुवाका लागि सिफारिस गरेको छ ।

    मंगलबार बसेको न्याय सेवा आयोगको बैठकले रक्षा मन्त्रालयका सहसचिव आलोकचन्द्र श्रेष्ठ र नेपाल कानुन आयोगका सहसचिव पाराश्वर ढुंगानालाई सचिवमा बढुवा गरेको हो ।



    साथै उनीहरुको पदस्थापन पनि गरिएको छ । यस्तै न्याय सेवा आयोगले दुई सचिवको सरुवा पनि गरेको छ ।



    मंगलबार बसेको आयोगको बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटालाई कानुन मन्त्रालयको सचिवमा सरुवा गरेको छ ।

    कानुन मन्त्रालयका सचिव फणिन्द्र गौतमलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार