काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले लेखा समिति सभापतिले ट्रंकलाइनको बक्यौता नतिरेका व्यापारीलाई भेटेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी सांसद सापकोटाले यस्तो दाबी गरेका हुन्।
सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले डेडिकेटेड र ट्रंकलाइन विद्युत महसुल नतिरेका एक व्यापारीसँग भेटको उनले बताए ।
सांसद सापकोटाले लेखा समितिका सभापति पोखरेलले विद्युतको बक्यौता नगर्ने व्यापारीबीच रहस्यमय ढंगले भेट भएको सूचना आएको दाबी गरे ।
सांसद सापकोटाले भने, ‘डेडिकेटेड फिडर र ट्रंक लाइनको विषयमा सार्वजनिक लेखा समितिमा बहस कायमै छ। उक्त समितिका सभापति र झगडियाहरुमध्ये बक्यौता समेत नतिरेका एक जना व्यापारिको बीचमा रहस्यमय भेट भएको सूचना आएको छ, पदीय दुरुपयोगको गम्भिरतापूर्वक छानविनका लागि माग गर्छु ।’
सांसद सापकोटाले समितिमा बहस कायम रहेकै अवस्थामा समिति सभापतिले पदीय दुरुपयोग गरी झगडियालाई भेटेको भन्दै छानबिन गर्न माग गरे।
समितिका सभापति र झगडियाहरुमध्ये बक्यौतासमेत कायम रहेका एकजना व्यापारीका बीचमा रहस्यमय भेट भएको सूचना आएको सांसद सापकोटाको दाबी छ ।
Leave a Reply