काठमाडौं । नेपाली कांग्रेस सांसद जीवन परियारले सरकारले राजदूत नियुक्ति गर्दा समावेशी सिद्धान्तको आधारमा नगरेको आरोप लगाएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद परियारले यस्तो बताएका हुन्।
कांग्रेस सहमहामन्त्रीसमेत रहेका परियारले भने, ‘हिजो मात्रै नेपाल सरकारले मन्त्रिपरिषदबाट निर्णय गरेको छ, उक्त निर्णयमा संविधानको धारा २८२ र २८३ आकर्षिक हुन्छ कि हुँदैन सरकारसँग प्रश्न गर्न चाहन्छु।’
हिजो बसेको मन्त्रिपरिषद्को बैठकले १८ देशको राजदूत नियुक्ति गरेको थियो ।
मन्त्रिपरिषदले १८ देशमा राजदूत सिफारिस गर्दा दलित समुदायको प्रतिनिधित्व शून्य रहेको चर्चा छ।
१८ वटै देशमा सिफारिस भएका राजदूतहरूको नाम भने सरकारले औपचारिक रूपमा सार्वजनिक गरिसकेको छैन।
Leave a Reply