Online Nepal
  • आइतबार, २० असोज २०८१
  • गृहयुद्ध शान्त गर्न नेपाली सेना सक्षम छ : माधव नेपाल

    गृहयुद्ध शान्त गर्न नेपाली सेना सक्षम छ : माधव नेपाल

    अनलाइन नेपाल
  • मंगलबार, १५ साउन २०८१
  • 363
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गृहयुद्धलाई शान्त गर्न नेपाली सेना सक्षम रहेको बताएका छन्।

    काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले नेपालीहरू हरेक क्षेत्रमा प्रतिभाशाली र योग्य रहेको बताएका हुन्।



    अध्यक्ष नेपालले भने, ‘नेपाली युवाहरू पढाइको क्षेत्रमा होस्, अनुसन्धानको क्षेत्रमा होस्, चाहे सगरमाथा आरोहण गर्ने क्षेत्रमा होस्, युद्धको मैदानमा होस्, ब्रिटिस सेनालाई पराजित गर्ने हिम्मत गर्ने नेपाली गोरखा सैनिक हो। विश्वका ती देशहरूमा जहाँ गृहयुद्ध चलिरहेको छ, त्यो गृहयुद्धलाई शान्त गर्न सबैभन्दा प्रभावकारी कोही देखिन्छ भने त्यो नेपाली सेना नै छ।’



    अध्यक्ष नेपालले प्रधानसेनापतिले भ्रष्टाचार गरेको थाहा पाएपछि आफूले जागिरबाट निकालिदिएको स्मरण गरे।

    उनले तत्कालीन राजा वीरेन्द्रले तत्कालीन प्रधानसेनापतिलाई बर्खास्त गर्न नचाहँदा पनि आफूले बर्खास्त गरेको बताए।

    उनले नेपाली विद्यार्थी र युवा पुस्ताले विभिन्न क्षेत्रमा कीर्तिमान कायम गरेको उल्लेख गरे। नेपाली युवा अध्ययन, अनुसन्धान, खेलकुद लगायत सबै क्षेत्रमा प्रतिभाशाली रहेको उनको भनाइ थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार