Online Nepal
  • आइतबार, २० असोज २०८१
  • चोरीको मोटरसाइकलसहित रौतहटबाट एक जना पक्राउ

    चोरीको मोटरसाइकलसहित रौतहटबाट एक जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १५ साउन २०८१
  • 402
    SHARES

    रौतहट । चोरीको मोटरसाइकल सहित रौतहटबाट एक जना पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा माधव नारायण नगरपालिका १ दिपही गाउँका वर्ष २७ का शिवचन्द्र प्रसाद जैसवाल रहेका छन्।



    चन्द्रपुर नगरपालिका-४ मुस्लिम टोलका २४ वर्षीय हसन सरिफको नाउँमा रहेको प्रदेश २ – ०२८ प ७८३४ नम्बरको उक्त मोटरसाइकल गत साउन ११ गते राती उनको घरैबाट चोरी भएको थियो।



    चोरीको भोलिपल्ट सरिफले इलाका प्रहरी कार्यालय चन्द्रनगाहपुरमा दिएको निवेदनको आधारमा जायसवाललाई मोटरसाइकल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

    जैसवालमाथि चोरी सम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट ७ दिनको म्याद थमाएर थप अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार