Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • संसद् भवन निर्माणको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको निर्देशन

    संसद् भवन निर्माणको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको निर्देशन

    अनलाइन नेपाल
  • मंगलबार, १५ साउन २०८१
  • 162
    SHARES

    काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले संसद् भवन निर्माणको काम ९ महिनाभित्र सक्न निर्देशन दिएका छन्।

    संसद् भवन निर्माणको काम सुस्त भएको गुनासोपछि आज निरीक्षणमा पुगेका सहरी विकासमन्त्री सिंहले उक्त निर्देशन दिएका हुन् ।



    आवश्यक सहजीकरण गर्न मन्त्रालय तयार रहेको भन्दै उनले काम समयमै सक्नुपर्नेमा जोड दिए ।



    सहरी विकासमन्त्री सिंहले भने,‘समयमा भवन निर्माणको काम सम्पन्न गर्न के समस्या छ ? मन्त्रालयले के सहजीकरण गर्नुपर्छ ? मन्त्रालय तयार छ । काम छिटो हुनुपर्यो । दोहोरो, तेहरो सिफ्टमा काम गरेर भए पनि बाँकी रहेको समयावधि ९ महिनामा बाँकी सबै काम काम सक्नुपर्‍यो।’

    निर्माण सम्झौता अनुसार आगामी नौ महिनामा काम सम्पन्न गर्नुपर्ने भए पनि ठेकदार कम्पनीले काममा गति दिएको देखिएको छैन ।

    सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले कम्तीमा दुई सिफ्टमा काम गर्न ठेकदार कम्पनीलाई निर्देशन दिए पनि हाल एक सिफ्टमा मात्रै काम भइरहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार