Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • पेरिस ओलम्पिकमा प्रिन्सको लगातार दोस्रो हार

    पेरिस ओलम्पिकमा प्रिन्सको लगातार दोस्रो हार

    अनलाइन नेपाल
  • मंगलबार, १५ साउन २०८१
  • 555
    SHARES

    काठमाडौं । पेरिस ओलम्पिक-२०२४ को ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालका प्रिन्स दाहाल आयरल्याण्डका ​प्रतिस्पर्धीसँग पराजित भएका छन्।

    फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं २ मा मंगलबार बिहान सम्पन्न भएको समूह ‘पी’को खेलमा विश्व वरियताको ४३ औँ स्थानमा रहेका आयरल्याण्डका हात गुयेनले प्रिन्सलाई २१–७ र २१-५ को सोझो सेटमा हराए।



    विश्व वरियतामा १७२ औँ स्थानमा रहेका प्रिन्सको यो लगातार दोस्रो हार हो। समूह चरणको पहिलो खेलमा पूर्व जुनियर नम्बर वान प्रिन्स विश्व वरियताको शीर्ष दुई स्थानमा रहेका डेनमार्कका भिक्टर एक्सेल्सेनसँग २१-८ र २१-६ को सोझो सेटमा पराजित भएका थिए।



    समूह चरणको अन्तिम खेलमा प्रिन्सले ५८औँ विश्व वरियताका इजरायलका मिसा जिल्बरम्यानसँग बुधबार प्रतिस्पर्धा गर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार