Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • धरौटी बुझाउन नसकेपछि बमजनलाई थुनामै पठाइयो

    धरौटी बुझाउन नसकेपछि बमजनलाई थुनामै पठाइयो

    अनलाइन नेपाल
  • सोमबार, १४ साउन २०८१
  • 2.6K
    SHARES

    काठमाडौं । आफूलाई तपस्वी बताउने रामबहादुर बमजन व्यक्ति बेपत्ता मुद्दामा तीन लाख रुपैयाँ धरौटी नबुझाएपछि थुनामा पुगेका छन् ।

    सिन्धुपाल्चोक जिल्ला अदालतमा न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले उनीसँग तीन लाख रुपैयाँ धरौटी माग गरेको थियो । तर धरौटी बुझाउन नसकेपछि उनलाई थुनामै पठाइएको हो ।



    बमजनलाई सर्लाहीबाट सिन्धुपाल्चोक अदालतमा उपस्थित गराइएको थियो ।



    बमजनमाथि सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका बाडेगाउँ आश्रमबाट एक महिला बेपत्ता पारेको अभियोग लागेको थियो ।

    यसअघि असार १७ गते सर्लाही जिल्ला अदालतले बाल यौन दुराचार मुद्दामा उनलाई १० वर्ष कैद र पाँच लाख क्षतिपूर्ति भराउने फैसला अनुसार उनी जेलमै छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार