Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • नागरिकका निराशा चिर्न सरकारले काम गरेर देखाउनुपर्छ : सहरी विकासमन्त्री सिंह

    नागरिकका निराशा चिर्न सरकारले काम गरेर देखाउनुपर्छ : सहरी विकासमन्त्री सिंह

    अनलाइन नेपाल
  • सोमबार, १४ साउन २०८१
  • 201
    SHARES

    काठमाडौं । सहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकका निराशा चिर्न सरकारले काम गरेर देखाउनुपर्ने बताएका छन्।

    नेपाल फ्रेट फरवार्डरस एशोसिएशनको आयोजनामा भएको ३० औं कार्गो दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री सिंहले यस्तो बताएका हुन् ।



    उनले अहिलेको सरकारले धेरै भाषण गर्ने भन्दा काम गरेर देखाउने प्रतिवद्धता जनाए। वर्तमान मौद्रिक नीति व्यवसाय गर्न सहजता प्रदान गर्ने गरी आएको उनले बताए।



    ऐन, कानूनको कार्यान्वनय नहुँदा र व्यवस्थित गर्न नसक्दा भोग्नुपरेका समस्या समाधानका लागि सरकारलाई दबाब दिइरहन पनि उनले आग्रह गरे।

    सरकारले अहिलेको अर्थतन्त्रलाई अलिअघि बढाउने, जीवन्तता ल्याउनका लागि भाषणहरु भन्दा पनि काम गरिरहेको मन्त्री सिंहले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार