Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • महामन्त्री थापाले भने – वर्तमान सरकारको परीक्षण गिरीबन्धु प्रकरणबाट हुन्छ

    महामन्त्री थापाले भने – वर्तमान सरकारको परीक्षण गिरीबन्धु प्रकरणबाट हुन्छ

    अनलाइन नेपाल
  • सोमबार, १४ साउन २०८१
  • 651
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको परीक्षण भुटानी शरणार्थी र गिरीबन्धु प्रकरणबाटै हुने बताएका छन् ।

    दक्षिण कोरियामा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन्।



    उनले कानूनभन्दा माथि राष्ट्रपति र प्रधानमन्त्री पनि नभएकाले गिरीबन्धु र भुटानी शरणार्थी प्रकरणको विषयमा पनि छानबिन हुने बताए ।



    महामन्त्री थापाले भने,‘हामीहरुकोमा कोही सत्तामा भएको कारणले शक्तिशाली भएको हुन्छ, कोही पार्टीको नेता भएको कारणले, कोही भीडको कारणले शक्तिशाली हुन्छन् । हामीले अहिले उठाउनुपर्ने भुटानी शरणार्थी र गिरीबन्धुको कुरा मात्रै होइन । हामी संसद्मा छौं, ढुक्क रहनुस् ।’

    कांग्रेस महामन्त्री थापाले कांग्रेस, एमाले, प्रधानमन्त्री पूर्वप्रधानमन्त्री जोसुकैसँग जोडिएको प्रकरण भए पनि कानून अनुसार छानबिन हुनुपर्ने बताए ।

    अब कोही पनि मान्छे सरकारमा भएको र भीडको कारणले कुनै पनि खालको उन्मुक्ति नपाउने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार