Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • यी हुन् सहकारी ठगेर विदेश भागेका विभिन्न सहकारीका पदाधिकारीहरु (सूचीसहित)

    यी हुन् सहकारी ठगेर विदेश भागेका विभिन्न सहकारीका पदाधिकारीहरु (सूचीसहित)

    अनलाइन नेपाल
  • सोमबार, १४ साउन २०८१
  • 558
    SHARES

    काठमाडौं । सहकारीको बचत ठगीबारे छानबिन गर्न गठित समितिले विदेशमा रहेका १८ जनालाई झिकाउन गृहमन्त्री रमेश लेखक नाम उपलब्ध गराएको छ।

    सिंहदरबारस्थित संघीय संसद सचिवालयको भवनमा बसेको बैठकले गृहमन्त्री लेखकलाई विदेशमा रहेका १८ जनालाई स्वदेश ल्याउन भन्दै नाम उपलब्ध गराएको हो।



    सूर्यदर्शन, सहारा, स्वर्णलक्ष्मी, हाम्रो नयाँ कृषि, सुप्रिम र समनता जस्ता सहकारीको बचत दुरूपयोगका सम्बन्धमा सहकारीका पदाधिकारी विदेशमा रहेको भनी गुनासो प्राप्त भएकाले उनीहरूको नाम गृहमन्त्रीलाई बुझाइएको समितिका संयोजक सूर्य थापाले बताए ।



    समितिको बैठकमा सभापति थापाले विदेशमा लुकेर बसेका सहकारीका पदाधिकारीलाई नेपाल ल्याउनका लागि पहल थाल्न गृहमन्त्री लेखकलाई निर्देशन दिए।

    गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसमेत सहभागी रहेको बैठकमा सभापति थापाले विदेशमा रहेका वा फरार रहेका १८ जनालाई सम्पर्कमा ल्याउन र सोधपुछ गर्ने प्रबन्ध मिलाउन निर्देशन दिएका थिए।

    बैठकमा गृहमन्त्री लेखकले समितिको निर्देशनलाई सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्।

    यी हुन् विदेशमा लुकेर बसेका सहकारीका सञ्चालक एवं सदस्य :

    १)जीबी राई (सूर्य दर्शन सहकारी, पोखरा)

    २) भरत महर्जन (सुमेरु सहकारी, ललितपुर)

    ३) राजमाया महर्जन ( सुमेरु सहकारी, काठमाडौं )

    ४) सचिन महर्जन ( सुमेरु सहकारी, काठमाडौं )

    ५) सरला महर्जन (सुमेरु सहकारी, काठमाडौं )

    ६) धनबहादुर बम्जन (सूर्यदर्शन सहकारी, पोखरा)

    ७) भूपेन्द्र राई (सूर्यदर्शन सहकारी, पोखरा)

    ८) तेजबहादुर बम्जन (शिव शिखर सहकारी)

    ९) देवकुमार नेपाली (इमेज बचत, पोखरा)

    १०) छेदा नेपाली (इमेज बचत सहकारी, बागलुङ)

    ११) तस्बिरन खातुन (सानोपाइला सहकारी,वीरगन्ज​)

    १२) असरफ अलि (सानो पाइला सहकारी, वीरगन्ज)

    १३) सुवास केसी (सहारा सहकारी, चितवन)

    १४) दीपक पौडेल (इमेज सहकारी, बागलुङ)

    १५ लीलानाथ गौतम (शिव शिखर सहकारी, भक्तपुर)

    १६ महाशंकर रेग्मी (मेघा ड्रिम सहकारी, काठमाडौं)

    १७ थानबहादुर बुढामगर (सूर्यदर्शन सहकारी, पोखरा)

    १८ प्रेमध्वज लामा (कान्तिपुर कोअपरेटिभ, काठमाडौं )

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार