Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • प्रस्तावित निर्वाचन आयुक्त प्रधानले नाम फिर्ताका लागि दिए निवेदन

    प्रस्तावित निर्वाचन आयुक्त प्रधानले नाम फिर्ताका लागि दिए निवेदन

    अनलाइन नेपाल
  • सोमबार, १४ साउन २०८१
  • 561
    SHARES

    काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानले नाम अनुमोदन नहुने संकेत पाएपछि आफ्नो नाम फिर्ता लिएका छन्।

    संसदीय सुनुवाइ समितिबाट अस्वीकृत हुने भएपछि प्रधानले नाम फिर्ता लिएको भन्दै संसदीय सुनुवाइ समितिमा निवेदन दिएका हुन्।



    संवैधानिक परिषद्ले निर्वाचन आयुक्तमा सिफारिस गरेका प्रधानका विरुद्ध संसदीय सुनुवाइ समितिमा यौन हिंसा र दुर्वव्यवहारको उजुरी परेको थियो।



    उजुरीकर्ताले समितिमा आएर प्रधानले आइएनजिओमा जागिर लगाइदिने प्रलोभनमा आफूसँग पटक९पटक शारीरिक सम्बन्ध राखेको र आफूले दिएको जाहेरी प्रहरीले नलिएको बताएकी थिइन्।

    ती उजुरीकर्ताले यौन दुर्व्यवहारविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरे पनि एक करोड २५ लाख रुपैयाँमा मिलापत्र गरेकी थिइन्।

    प्रधानबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बिहान ११ बजे बोलाइएको थियो। तर,प्रधानले आफ्नो नाम फिर्ता लिने संकेत गरेपछि समितिको बैठक साँझ ५ बजे तोकिएको थियो।

    गएको असार २ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार