Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • सहकारी ठगेर विदेश भागेकालाई स्वदेश फर्काउन गृहमन्त्री लेखकलाई समितिको निर्देशन

    सहकारी ठगेर विदेश भागेकालाई स्वदेश फर्काउन गृहमन्त्री लेखकलाई समितिको निर्देशन

    अनलाइन नेपाल
  • सोमबार, १४ साउन २०८१
  • 279
    SHARES

    काठमाडौं । सहकारीको बचत रकम दुरुपयोगबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले गृहमन्त्री रमेश लेखकसँग छलफल गरेको छ ।

    सोमबार बसेको समितिको बैठकले गृहमन्त्री लेखक, गृहसचिव एकनारायण अर्याल र आईजीपी बसन्तबहादुर कुँवरसँग छलफल गरेको हो ।



    छलफलमा समितिले सहकारीको रकम हिनामिना र अपचलनमा संलग्न भएर विदेशमा रहेकाहरूलाई स्वदेश फर्काउन गृहमन्त्री लेखकलाई निर्देशन दिएको छ ।



    समितिले देशबाहिर फरार भएका १८ जनालाई स्वदेश फर्काउने व्यवस्था गर्न आग्रह गरेको छ ।

    बैठकले सहारा, सूर्यदर्शन लगायतका सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेका जीबी राईलाई तत्काल स्वदेश फर्काउन निर्देशन दिएको छ ।

    त्यस्तै,सूर्यदर्शनका ज्ञानबहादुर बम्जन, थानबहादुर राई, भुपेन्द्र राई, सानोपाइलाका तस्विरन खातुन र अश्रफ अली, सहारा तथा सुप्रिमका सुवास केसीलाई पनि झिकाउन भनिएको छ ।

    सुमेरु सहकारीको रकम अपचमलनमा संलग्न भएको आरो लागेका भरत महर्जन, उनको श्रीमती माजमाया, छोरा सचिन र छोरी सरलालाई पनि तत्काल नेपाल ल्याउन भनिएको समितिले जनाएको छ ।

    शिवशिखरका तेजबहादुर बम्जन तामाङ, इमेज सहकारीका अध्यक्ष देवकुमार नेपाली र उनकी श्रीमती छेदा, व्यवस्थापक दिपक पौडेल, शिवशिखर सहकारीका लीलानाथ गौतम, कान्तिपुर सेभिङका प्रेमध्वज लामा र मेघाड्रिमका महाशंकर रेग्मीलाई पनि स्वदेश फर्काउन र छानबिन समितिको दायरामा ल्याउन गृहमन्त्री लेखकलाई निर्देशन दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार