Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • धारिलो हतियार प्रहारबाट पश्चिम नवलपरासीमा एक जनाको हत्या

    धारिलो हतियार प्रहारबाट पश्चिम नवलपरासीमा एक जनाको हत्या

    अनलाइन नेपाल
  • सोमबार, १४ साउन २०८१
  • 246
    SHARES

    फाइल तस्विर

    नवलपरासी । पश्चिम नवलपरासीमा धारिलो हतियार प्रहारबाट एक जनाको हत्या भएको छ ।

    नवलपरासीको पाल्हिनन्दन गाउँपालिका-५ हर्दीमा धारिलो हतियार प्रहारबाट स्थानीय २० वर्षका सूर्यकुमार बढईको हत्या भएको हो ।



    आफ्नै घरमा सुतिरहेको अवस्थामा घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।



    सूर्यकुमारको शव पृथ्वी चन्द्र अस्पताल परासीमा पठाएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    हत्यामा संलग्न व्यक्ति अझै पत्ता नलागेको र खोजी कार्य भइरहेको नवलपरासी प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार