Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • टीआरसीमा कार्यदल सहमतिनजिक, विवादित विषय बिहीबार टुंग्याइने

    टीआरसीमा कार्यदल सहमतिनजिक, विवादित विषय बिहीबार टुंग्याइने

    अनलाइन नेपाल
  • सोमबार, १४ साउन २०८१
  • 414
    SHARES

    काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) टुंगो लगाउन गठित कार्यदल सहमतिनजिक पुगेको छ ।

    आज बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकले विधेयकमा सैद्धान्तिक सहमति गरेको हो ।



    बैठकपछि बोल्दै कार्यदलका सदस्य एवं एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले टीआरसी विधेयक करिब टुंग्याउने चरणमा पुगेको बताए ।



    आजको छलफलमा सहजीकरण कार्यदलका सदस्य नेपाली कांग्रेसका गृहमन्त्री रमेश लेखक, एमाले मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जर्नादन शर्मा सहभागी थिए ।

    बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, संसदको कानून, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदी, महान्याधिवक्ता रमेश बडाल पनि उपस्थित थिए ।

    बिहीबारसम्म अहिलेसम्म गरेका र सम्बन्धित निकायसँग भएका छलफलको समीक्षा गर्ने र प्रतिवेदन तयार पार्ने सहमति भएको बताईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार