एजेन्सी । नेपाली राष्ट्रिय क्रिकेट टोलीका दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने आबद्ध भेनकुभर नाइट्सले क्यानडामा जारी ग्लोबल टी-२० मा लगातार तेस्रो हार बेहोरेको छ ।
गएराति भएको खेलमा भेनकुभर नाइट्स मोन्ट्रियल टाइगर्ससँग १० रनले पराजित भएको हो । जितका लागि १ सय ४५ रनको लक्ष्य पछ्याएको भेनकुभरका लागि दीपेन्द्र र सन्दीप अन्तिममा अविजित रहे ।
दीपेन्द्रले १५ बलमा ३ चौका र १ छक्का सहित ३० रन जोडे । सन्दीपले भने २ बलमा १ रन बनाए । त्यसअघि टस जितेर पहिला बलिङ गरेको भेनकुभरले मोन्ट्रियल टाइगर्सलाई निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४४ रनमा रोकेको हो ।
भेनकुभरका लागि नेपाली लेग स्पिनर सन्दीप लामिछानेले १ विकेट लिए । सन्दीपले ४ ओभरमा २४ रन खर्चिए ।
Leave a Reply