Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • सौर्य एयरलाइन्सले भन्यो– यात्रु बिमाको प्रक्रिया अघि बढिससक्यो, सबै सुविधा उपलब्ध गराउँछौँ

    सौर्य एयरलाइन्सले भन्यो– यात्रु बिमाको प्रक्रिया अघि बढिससक्यो, सबै सुविधा उपलब्ध गराउँछौँ

    अनलाइन नेपाल
  • आइतबार, १३ साउन २०८१
  • 1.2K
    SHARES

    काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले विमान दुर्घटनाका यात्रु बिमाको प्रक्रिया अघि बढिसकेको जनाएको छ । आइतबार सौर्य एयरलाइन्सका अध्यक्ष दीपक कुमार पोखरेलले विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

    उनले मृतकका परिवारले पाउने बिमाको सबै प्रक्रिया अघि बढाइएको र त्यसबाहेक नेपाल सरकारले नियमानुसार प्राप्त गर्ने सबै सुविधा उपलब्ध गराउने कुरामा प्रतिवद्ध रहेको बताएका छन्।



    ‘यात्रामा सवार भै दिवंगत हुनुभएका सम्पूर्ण सदस्यहरुले प्राप्त गर्ने यात्रु विमाको सम्पूर्ण प्रक्रिया अगाडि बढाइसकेका छौं। त्यसवाहेक नेपाल सरकारको नियमानुसार प्राप्त गर्ने सम्पूर्ण सुविधा उपलब्ध गराउने कुरामा प्रतिवद्ध छौं,’ विज्ञप्तिमा भनिएको छ।



    साउन ९ गते नियमित प्राविधिक परीक्षणका लागि पोखरा उडेको सौर्य एयरलाइन्सको विमान केही सेकेन्डमै त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो।

    दुर्घटनामा परी १८ जनाको ज्यान गएको छ भने पाइलट मनीष शाक्य गम्भीर घाइते भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार