Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • बिरगञ्जबाट धनगढी आएको ट्रकमा भेटियो शव, सामान अनलोड गर्दा घटना बाहिरियो

    बिरगञ्जबाट धनगढी आएको ट्रकमा भेटियो शव, सामान अनलोड गर्दा घटना बाहिरियो

    अनलाइन नेपाल
  • आइतबार, १३ साउन २०८१
  • 3.8K
    SHARES

    कैलाली । कैलालीको धनगढीमा मालवाहक ट्रकको सामान अनलोड गर्नेक्रमा अन्दाजी ४० वर्षीय एक पुरुषको शव फेला परेको छ ।

    आइतवार बिरगञ्जबाट धनगढी आएको सुदूरपश्चिम प्रदेश ०१००१ ख २४४२ नम्बरको ट्रकको सामान अनलोड गर्ने क्रममा ट्रकमा शव फेला परेको हो ।



    सामान अनलोड गर्ने क्रममा ट्रकमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । शव फेला परेपछि ट्रक चालक कञ्चनपुरको वेदकोट नगरपालिका–९ का ३८ वर्षीय लबिन्द्र राना र सहचालक २२ वर्षीय ओमप्रकाश रानालाई नियन्त्रणमा लिइएको छ।



    उनीहरु विरगञ्जबाट फलामको रड र प्लाष्टिकको बोरा ट्रकमा ल्याएर धनगढी आएका थिए । उनीहरुले ट्रकमा भेटिएको शवबारे कुनै जानकारी नभएको र सामान अनलोड गर्ने क्रममा मात्र शव देखेको बयान प्रहरीलाई दिएका छन् ।

    पहिचान खुल्न नसकेको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ ।

    साथै शवको हालसम्म सनाखत हुन नसकेको हुँदा पहिचान भएमा सम्बन्धित व्यक्तीले यस कार्यालय तथा नजिकको प्रहरी कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार