Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • रिक्त रहेको कृषि समितिको सभापतिका लागि मंगलबार निर्वाचन हुने

    रिक्त रहेको कृषि समितिको सभापतिका लागि मंगलबार निर्वाचन हुने

    अनलाइन नेपाल
  • आइतबार, १३ साउन २०८१
  • 330
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृति स्रोत समितिको सभापतिका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।

    सभामुख देवराज घिमिरेको निर्देशनमा संसद सचिवालयले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।



    सो पदमा नेपाली कांग्रेसले उम्मेदवार पठाउनेछ। मंगलबार ४ बजेसम्म उम्मेदवारको प्रस्ताव दर्ता हुने र ४:३० बजेबाट निर्णयार्थ प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ।



    यस अगाडि दलहरुबीचको सहमतिका आधारमा विषयगत समितिका सभापति चयन भएको हो।

    आइतबार बसेको सदनको बैठकमा उपसभामुख इन्दिरा रानाले साउन १५ गते सो पदमा चुनाव चुने र त्यसका लागि आजै कार्यसूची प्रकाशित हुने जानकारी दिएकी थिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार