Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • गड्डाचौकी नाकामा आवागमन सहज बनाउन व्यवसायीको माग

    गड्डाचौकी नाकामा आवागमन सहज बनाउन व्यवसायीको माग

    अनलाइन नेपाल
  • आइतबार, १३ साउन २०८१
  • 381
    SHARES

    कञ्चनपुर । गड्डाचौकी नाकामा आवागमन सहज तुल्याउन व्यवसायीले माग गरेका छन् । जिल्ला होटल व्यवसायी सङ्घको शनिवार सम्पन्न २७औँ वार्षिक साधारणसभा व्यवसायीले सरकारसँग त्यस्तो माग गरेका हुन् ।

    उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य जङ्गबहादुर मल्लले नाकामा जाँचका नाममा हुने सास्तीले पर्यटक आउन छाडेको बताए । ‘पाँच किलोमिटरको दूरीमा नौ स्थानमा जाँच हुन्छ यसले यो नाकाबाट आउन पर्यटकलाई असहज भएको छ,’ उनले भने ।



    नाकामा हुने अनावश्यक जाँचले गड्डाचौकी भएर नेपाल भित्रिने पर्यटकको सङ्ख्या घटेको होटल व्यवसायी बताउँछन् । नाकामा एकीकृत सुरक्षा जाँच गरेर यसको समाधान गर्नुपर्ने व्यवसायीहरूको माग छ ।



    ‘नाकामा पर्यटकलाई सहज रूपमा आवतजावतको वातावरण सिर्जना हुनुपर्छ,’ होटल व्यवसायी सङ्घका अध्यक्ष जगदीशचन्द्र भट्टले भने, ‘सरकारले एकीकृत सुरक्षा जाँच गरेर नाकामा सहज आवागमनको व्यवस्था गर्नुपर्छ ।’

    सुरक्षा निकायले भने सीमा नाकामा हुने जाँचका कारण कुनै समस्या नभएको दाबी गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले प्रहरीले सुरक्षा, लागुऔषध कारोबार नियन्त्रणलगायत अपराध नियन्त्रण गर्न नाकामा जाँच गर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार