काठमाडौं । पेरिस ओलम्पिक-२०२४ अन्तर्गत नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल र टेबल टेनिसका स्यान्टु श्रेष्ठ पराजित भएका छन् । गएराति भएको समूहको पहिलो खेलमा प्रिन्स सोझो सेटमा पराजित भएका हुन् ।
समूह पी मा रहेका प्रिन्स विश्व बरियतामा दोस्रो नम्बरमा रहेका डेनमार्कका भिक्टर एक्सेलसनसँग ८–२१ र ६–२१ स्कोरसहित पराजित भएका हुन् ।
प्रिन्सले अझै दुई खेल खेल्न बाँकी छ । त्यसअघि हिजो भएको टेबल टेनिस खेलमा नेपालका स्यान्टु श्रेष्ठ पनि सोझो सेटमै पराजित हुँदै बाहिरीएका छन् ।
सेनगलका खेलाडी इब्राहिमा डियावसँग सोझो सेटमा पराजित भएसँगै स्यान्टुको ओलम्पिक यात्रा समाप्त भएको हो ।
Leave a Reply