Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • कांग्रेस-एमालेले जनताको अधिकार खोस्ने दुस्साहस गरिरहेका छन् : अध्यक्ष प्रचण्ड

    कांग्रेस-एमालेले जनताको अधिकार खोस्ने दुस्साहस गरिरहेका छन् : अध्यक्ष प्रचण्ड

    अनलाइन नेपाल
  • शनिबार, १२ साउन २०८१
  • 594
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको अधिकार कटौती गर्ने आशयका साथ सत्तारुढ दलहरु आएको आरोप लगाएका छन् ।

    पुष्पलाल स्मृति प्रतिष्ठानले गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो आरोप लगाएका हुन्।



    उनले कांग्रेस–एमालेले संविधान संशोधनमार्फत नागरिकको अधिकार खोस्न खोजे सडक संघर्ष गर्न बाध्य हुने चेतावनी दिए ।



    संविधान संशोधन गरेर सत्तारुढ कांग्रेस एमालेले जनताको अधिकार खोस्ने दुस्साहस गरिरहेको भन्दै उनले त्यसलाई सफल हुन नदिने बताए ।

    उनले नेपाली जनतालाई थप अधिकार दिलाउन आफूहरुले संविधान संशोधन गर्न चाहेको स्पष्ट पार्दै जनताको अधिकार कटौती गर्ने आशयका साथ सत्तारुढ दलहरु आए त्यसविरुद्ध संघर्ष गर्ने बताए ।

    दुई वटा ठूला पार्टीले गर्न खोजेको संविधान संशोधन भनेको नेपाली जनताले प्राप्त गरेका अधिकारलाई पनि खोस्न खोजेको उनको भनाई छ ।

    अध्यक्ष प्रचण्डले अब त्यस्ता खालका गतिविधि स्वीकार्य नहुने पनि बताए।

    अध्यक्ष प्रचण्डले प्रतिपक्षमा पुग्दा आफूलाई फेरि जनतामा जाने मौका मिलेको भन्दै सँगसँगै सबै कम्युनिष्टहरुलाई एकै ठाउँमा ल्याउने प्रयासलाई पनि अघि बढाउने बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार