Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • सौर्य विमान दुर्घटना : आज थप ६ जनाको शव परिवारलाई बुझाइँदै

    सौर्य विमान दुर्घटना : आज थप ६ जनाको शव परिवारलाई बुझाइँदै

    अनलाइन नेपाल
  • शनिबार, १२ साउन २०८१
  • 480
    SHARES

    काठमाडौं । सौर्य एयरको विमान दुर्घटनामा मृत्यु भएका थप ६ जनाको शव आज आफन्तलाई बुझाउने तयारी गरिएको छ ।

    एयरलाइन्समा प्राविधिक रहेका मनुराज शर्मा उनकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्मासहित अन्य तीन जनाको शव बुझाइन लागिएको हो ।



    यसअघि शुक्रबार ६ जनाको शव परिवारले बुझेका थिए । को-पाइलट सुशान्त कटुवाल, राजाराम आचार्य, उद्धव पुरी, श्याम बिन्दुकार र अस्मिन निरौलासहित थप एक जनाको शव परिवारलाई बुझाइएको थियो ।



    केही मृतकका आफन्तले भने बीमा, क्षतिपूर्तिलगायतका विषय स्पष्ट भएपछि मात्रै शव बुझ्ने बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार