एजेन्सी । पेरिस ओलम्पिक २०२४ भव्यरूपमा शुरु भएको छ । १०० वर्षअघि दुर्गन्धका कारण बदनाम भएको सेन नदीमा योपटक ओलम्पिक उद्घाटन भएको छ।
कुनै पनि ठूलो खेल समारोह नदीमा उद्घाटन भएको यो पहिलो पटक हो ।
उद्घाटन समारोहमा विश्वभरबाट सहभागी भएका खेलाडी र प्रतिनिधि डुंगामा सवार भएर ६ किलोमिटरको यात्रा गरेका छन् भने नदीका दुवै साइड र पुलबाट विभिन्न प्रस्तुति देखाइयो।
चार घण्टासम्म चलेको उद्घाटन समारोहमा २५० प्रतिनिधि मण्डलका ६ हजार ८०० खेलाडीले ८५ वटा डुंगामा परेड गरेर उद्घाटन समारोहमा सहभागिता जनाएका छन् ।
Leave a Reply