Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • प्रभावकारी बन्दै माटो दलेर गरिने उपचार

    प्रभावकारी बन्दै माटो दलेर गरिने उपचार

    अनलाइन नेपाल
  • शनिबार, १२ साउन २०८१
  • 483
    SHARES

    कावासोती । नवलपुरको देवचुली नगरपालिका रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयप्रतिको आर्कषण बढ्दै गएको छ ।

    प्राकृतिक चिकित्सालयमा प्राकृतिक विधि प्रयोग गरिने भएकाले यसले कुनै साइडइफेक्ट नगर्ने भएकाले यसप्रति आकर्षण बढेको हो ।



    यहाँ माटो, पानी, हावा, अग्नी, जलका साथै जडीबुटी, वैज्ञानिक मालिस, अक्युपङ्चर, फिजियोथेरापी, योग, ध्यान पद्धतिद्वारा उपचार प्रदान गरिन्छ । ठुला अस्पतालमा निको नभएको रोग प्राकृतिक चिकित्सालयमा आएपश्चात निको भइरहेको सेवाग्राहीको भनाइ छ ।



    चिकित्सालयमा नसा, पेट, मुटु र छालाका बिरामीलाई माटो दलेर उपचार गर्ने गरिन्छ । गैडाकोट ३ का शिवकान्त तिवारी आजभोलि स्वास्थ्यमा केही समस्या देखियो भने प्राकृतिक चिकित्सालय आउँछन् ।

    शरीरमा देखिने विविध समस्या देखिएपछि समाधानका लागि चार दिनसम्म चिकित्सालयमा बसेर उपचार गरी घर फर्किएको तिवारीले बताए । गोरखापत्रबाट

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार