Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • साढे दुई किलो सुन प्रकरणमा हवल्दारसँग एसपी पनि मुछिए

    साढे दुई किलो सुन प्रकरणमा हवल्दारसँग एसपी पनि मुछिए

    अनलाइन नेपाल
  • शुक्रबार, ११ साउन २०८१
  • 4.5K
    SHARES

    काठमाडौं । तस्करीको साढे दुई किलो सुन खोजिदिने भन्दै ५० लाख असुल्न खोज्ने प्रहरीका वरिष्ठ हवल्दार सुन्दर नेपाली एक लाख रुपैयाँ धरौटीमा छुटेका छन् ।

    यो प्रकरणमा अन्य प्रहरी अधिकारीमाथि छानबिन आवश्यक देखिएको छ । हवल्दार नेपालीले बयानको क्रममा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी प्रजित केसीलाई जानकारी दिएरै सो सुन खोज्न आफू खटिएको बताएका छन् ।



    उनले १० लाख रुपैयाँ लिइसकेका थिए भने ४० लाख रुपैयाँ लिन खोज्ने क्रममा अर्को प्रहरी कार्यालयले सो रकम हुन्डीको भएको थाहा पाएर बरामद गरेको खुलेको छ ।



    गत फागुनमा दुबईबाट आएको साढे दुई किलो सुन काठमाडौँमा लुटिएको थियो । सो जानकारी पाएपछि हवल्दार नेपालीले दुबईमा रहेका व्यक्तिलाई सम्पर्क गरी सो सुन आफूले खोजिदिने भन्दै पैसाको बार्गेनिङ गरेका थिए ।

    साढे दुई करोड पर्ने सो सुन ५० लाख रुपैयाँमा खोजिदिने डिल गरेका थिए । गत १ चैतमा उनले ४० लाख लिन लागेका थिए । सो रकम काठमाडौं उपत्यका अपराध अनुसन्धानले चाबहिलबाट बरामद गरेको थियो ।

    तर, हवल्दारको विषयमा छानबिन भएन । उनले बयानमा भनेका छन्,‘सो सम्बन्धमा मेरो कार्यालयका उपरीक्षक प्रजित केसी सरलाई रिपोर्टिङ गरेको थिएँ । तत्पश्चात् प्रहरी उपरीक्षक प्रजित केसी सरको आदेश बमोजिम कार्यालयबाट पत्र लेखी निज भरियाहरू भनिएका व्यक्तिहरूको विवरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय, गौचर काठमाडौंबाट माग गरी निजहरूको बारेमा थप जानकारी लिएको थिएँ ।’

    दुबईमा बस्ने राजु भन्ने व्यक्तिसँग उनले पैसाको डिल गरेका थिए । नेपालमा उनकी श्रीमती कल्पना मगरसँग पैसा लिएका थिए । केन्द्रीय अनुसन्धान ब्यूरोले यसको सूचना पाएपछि गत महिना पक्राउ गरेर अनुसन्धान गरेको थियो । जस क्रममा नेपालीले पैसा लिएको स्वीकार गरेका छन् । तर, त्यसबारे हाकिमहरूलाई जानकारी नगराएको उनको दाबी छ ।

    काठमाडौं उपत्यका प्रहरी कार्यालय अपराधको अनुसन्धान गर्ने निकाय होइन । तर, उसले तस्करीको सुन प्रकरणमा तस्करहरूलाई सघाउने गरी अनुसन्धान गर्नु, पैसा लिनुले घटना शंकास्पद देखिएको छ । यसमा एसपी केसीको भूमिका पनि शंकास्पद देखिएको छ ।

    एसपी केसी यसअघि ३३ किलो सुन तस्करी प्रकरणको अनुसन्धानमा बदनियत राखेको आरोपमा जेल परेर पछि सफाई पाएका अधिकृत हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार