Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • सौर्य एयरका क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था कस्तो छ ?

    सौर्य एयरका क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था कस्तो छ ?

    अनलाइन नेपाल
  • बिहिबार, १० साउन २०८१
  • 810
    SHARES

    काठमाडौं । विमान दुर्घटनामा घाइते भएका सौर्य एयरलाइन्सका क्याप्टेन मनीषरत्न शाक्यको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
    काठमाडौं मेडिकल कलेजका निर्देशक प्राडा मीना थापाले एक विज्ञप्तिमार्फत केसीको स्वास्थ्यमा अन्य जटिलता नदेखिएको जनाएकी हुन् ।

    बुधबार सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा दुर्घटनाग्रस्त हुँदा सोही विमानका चालक शाक्यलाई घाइते अवस्थामा उद्धार गरिएको थियो । विमानमा सवार अन्य १८ जनाको मृत्यु भइरसकेको छ ।



    शाक्यलाई उद्धार गरी सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको सघन उपचार कक्षमा उपचार सुरु गरिएको थियो ।



    “क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था सामान्य छ । उहाँको अनुहार, आँखा, नाक तथा टाउकोमा चोट लागेको छ, ढाडको एउटा हड्डी साथै देव्रेपट्टीका तीन वटा करङ भाँच्चिएका छन्,” विज्ञप्तिमा भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार