Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • कैलालीमा किन भयो प्रहरी र स्थानीयबीच झडप ?

    कैलालीमा किन भयो प्रहरी र स्थानीयबीच झडप ?

    अनलाइन नेपाल
  • बिहिबार, १० साउन २०८१
  • 717
    SHARES

    कैलाली । कैलालीको हसुलियामा स्थानीय र प्रहरीबीच झडप भएको छ । कैलारी गाउँपालिका–९ स्थित कोइलही ताल ठेक्का विवाद हुँदा स्थानीयले गाउँपालिका घेराउ गर्ने क्रममा झडप भएको हो ।

    गाउँपालिकाले माछा पालनको लागि ठेक्का दिँदा स्थानीयसँग समन्वय नगरी ठेक्का दिएपछि स्थानीयबासी आक्रोशित भएका हुन् ।



    आक्रोशित स्थानीयहरू विरोधसहित ताल परिसरमा रहेको माछा व्यवसायी (ठेकेदार) कृष्ण गिरीको टहरा भत्काएपछि कैलालीको मालाखेती प्रहरीले ८ जना स्थानीयहरूलाई नियन्त्रणमा लिएको थियो ।



    त्यसपछि आक्रोशित स्थानीयहरू गाउँपालिकाको ९ नंं वडा कार्यालयमा तालाबन्दी गरी गाउँपालिका कार्यालय घेराउ गर्न पुगेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार