Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • नागढुंगा–सिस्नेखोला सुरुङमार्गको संसदीय समितिद्वारा स्थलगत अनुमगन

    नागढुंगा–सिस्नेखोला सुरुङमार्गको संसदीय समितिद्वारा स्थलगत अनुमगन

    अनलाइन नेपाल
  • बिहिबार, १० साउन २०८१
  • 483
    SHARES

    काठमाडौं । देशकै पहिलो आधुनिक सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला’को भौतिक निर्माणबारेमा संघीय संसद्को भौतिक पूर्वाधार विकास समितिले आज स्थलगत अनुमगन गरेको छ ।

    सडक पूर्वाधारका रूपमा पहिलोपटक निर्माणको बारेमा प्रत्यक्ष जानकारी लिने लक्ष्यका साथ समितिले स्थलगत अनुमगन गरी जानकारी लिएको हो । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आगामी एक वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ निर्माण भइरहेको छ । हाल सो सुरुङमार्गको भौतिक प्रगति ८० प्रतिशत पुगेको छ ।



    स्थलगत अनुमगनमा संलग्न सांसद माधव सापकोटाका अनुसार हालसम्मको निर्माण कार्य सन्तोषजनक छ । निर्माणको अन्तिम चरणमा पुगेको भए पनि स्थानीयवासीको समस्या समाधान गर्नुपर्ने आवश्यकता देखिएको छ ।



    मुआब्जा वितरण, चर्किएको जमिन एवं खानेपानीको समस्या समाधान गर्नुपर्नेमा स्थानीयवासीले संसदीय समितिसमक्ष माग राखेका थिए । आयोजनामा पर्ने जग्गाको केही कित्ताको मुआब्जा विवाद, घर चर्किएको समस्या, रोड सर्भिस सेन्टर ९आरएसएस० निर्माणलगायत केही चुनौती बाँकी छन् ।

    हालसम्मको निर्माण गुणस्तरीय रहेको जानकारी दिँदै सांसद सापकोटाले सुरुङ सञ्चालनपूर्वको तयारीमा केही ध्यान दिनुपर्ने आवश्यकता देखिएको बताए । सुरुङ सञ्चालनका लागि झन्डै एक सय कर्मचारी आवश्यक पर्ने देखिन्छ । त्यस्तै, अविच्छिन्न विद्युत् उपलब्ध गराउनुपर्नेछ । त्यसका लागि आवश्यक संरचना निर्माण गर्नुपर्नेछ ।

    गत वैशाख ३ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उक्त सुरुङमार्ग ‘ब्रेक थु’ गरेका थिए । सुरुङमार्गको दुरी दुई हजार ६८८ मिटर रहेको छ ।

    संसदीय समितिले नागढुंगादेखि गल्छीसम्म निर्माणाधीन पुथ्वीराजमार्गको स्थलगत अनुमगन गर्ने सांसद सापकोटाले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार