Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • सौर्य एयर दुर्घटना : १२ शवको परीक्षण सकियो, कतिपयको पहिचानमा समस्या

    सौर्य एयर दुर्घटना : १२ शवको परीक्षण सकियो, कतिपयको पहिचानमा समस्या

    अनलाइन नेपाल
  • बिहिबार, १० साउन २०८१
  • 417
    SHARES

    काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकाहरूको शवको परीक्षण कार्य भोलिमात्र सकिने भएको छ । तर, डीएनए परीक्षण गर्नुपर्ने अवस्था आए दुई हप्तासम्म लाग्न सक्ने त्रिवि शिक्षण अस्पतालका निर्देशक प्राडा दिनेश काफ्ले बताए ।

    उनका अनुसार बिहीबार अपराह्नसम्म १२ शवको परीक्षण सकिएको छ । कतिपय शवहरू जलेर पहिचान गर्न कठिन भएकाले डीएनए परीक्षणसमेत गर्नुपर्ने सम्भावना छ ।



    “शव पहिचान नभइकन दिन मिल्दैन । १२ वटा शवको परीक्षण सकिएको छ, अहिले तीन वटा शव परीक्षण भइरहेको छ । पहिचान नभएकाहरूको डीएनए गर्नुपर्‍यो भने नतिजा आउन दुई हप्ता लाग्छ । परेन भने भोलि बेलुकासम्म सबै शवको परीक्षण सकिन्छ होला । प्रक्रिया मिलेपछि पर्सिबाट आफन्तलाई हस्तान्तरण गर्न सकिन्छ,” उनले भने ।



    उनले विज्ञहरू संवेदशीलपूर्वक काममा खटिएको र शव पहिचान भएर प्रक्रिया पूरा भएपछि सकेसम्म छिटो हस्तान्तरण गरिने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार