Online Nepal
  • आइतबार, २० असोज २०८१
  • स्रोत नखुलेको रकमसहित रौतहबाट एक भारतीय पक्राउ

    स्रोत नखुलेको रकमसहित रौतहबाट एक भारतीय पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १० साउन २०८१
  • 288
    SHARES

    रौतहट । स्रोत नखुलेको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा भारतको सितामढी बैरगनिया–८ असोगीका ४७ वर्षीय प्रदीपकुमार बर्मा रहेका छन् ।



    उनी नेपालतर्फ आउँदै गरेको बिआर ३० एसी ७९१४ नम्बरको भारतीय मोटरसाइकललाई जाँच गर्ने क्रममा ४ लाख ४० हजार स्रोत नखुलेको रकमसहित पक्राउ परेका थिए ।



    बर्माले रकम मोटरसाइकलको भाईजरभित्र लुकाई ल्याएका थिए ।

    मोटरसाइकल र पक्राउ परेका बर्मालाई कारबाहीका लागि गौर भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी रौतहटले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार