Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • लीलादेवी गड्तौलालाई मुख्यसचिव बनाउने सरकारको निर्णय

    लीलादेवी गड्तौलालाई मुख्यसचिव बनाउने सरकारको निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, १० साउन २०८१
  • 399
    SHARES

    काठमाडौं । सरकारले लीलादेवी गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको छ ।

    मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले कायममुकायम मुख्यसचिव गडतौलालाई मुख्यसचिव नियुक्त गरेको हो ।



    गडतौलालाई असार ३१ गतेको मन्त्रिपरिषद बैठकले कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको थियो।



    त्यसअघि असार ९ गते उनलाई निमित्त मुख्यसचिवको जिम्मेवारी तोकिएको थियो।

    तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बनमा परेसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी वरिष्ठ सचिव गडतौलालाई निमित्त मुख्य सचिवको जिम्मेवारी दिइएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार