Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • बहस भएजस्तो तुरुन्तै संविधान संशोधन भैहाल्ने अवस्था छैन : सभामुख घिमिरे

    बहस भएजस्तो तुरुन्तै संविधान संशोधन भैहाल्ने अवस्था छैन : सभामुख घिमिरे

    अनलाइन नेपाल
  • बिहिबार, १० साउन २०८१
  • 345
    SHARES

    हेटौंडा । सभामुख देवराज घिमिरेले बहस भएजस्तो तुरुन्तै संविधान संशोधन भैहाल्ने अवस्था नरहेको बताएका छन् ।

    हेटौंडामा युवा सीप वर्ष २०८१ अन्तर्गत सञ्चालित निःशुल्क सीप विकास तालिमहरूको प्रमाण पत्र वितरण कार्यक्रममा बोल्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् ।



    सभामुख घिमिरेले संघीयताले आर्थिक भार बढाको भन्दै नकारात्मक टिकाटिप्णी भएकोले संविधान संशोधनको बहस चलेको बताए।



    सभामुख घिमिरेले संघीयताविरूद्ध आवाज उठिरहेकाले संविधान संशोधनको बहस चलेको हुन सक्ने आफुलाई लागेको बताए ।

    युवा जनशक्तिलाई देशले सहि तरिकाले प्रयोग गर्न सके देशको समग्र विकासमा सकारात्मक प्रभाव पर्न सक्ने सभामुख घिमिरेले बताए।

    युवाको उर्जालाई राज्यले सहि ठाउँमा उपयोग गर्नुपर्ने सभामुख घिमिरेको भनाइ थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार