काठमाडौं । १६ भदौमा वीर अस्पतालमा मृत्यु भएका केन्द्रीय कारागारका तीन जना कैदीबन्दीको पीसीआर नतिजा पोजिटिभ आएको छ । तीनै जनाका पीसीआर रिपोर्ट आज पोजिटिभ आएको अस्पतालले जनाएको छ ।
कोरोना पुष्टि हुनेमा झाङ, सिरहा र पाल्पाका ६०, ६४ र ५८ वर्षीय पुरुष छन् । उनीहरू कारागारबाट उपचारका लागि अस्पताल ल्याइएका कैदी हुन् ।
यसअघि कोरोना संक्रमणबाट मेगा अस्पतालमा ४० वर्षीय १ कैदीको मृत्यु भएको थियो ।
Leave a Reply