Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • तोलामा २४०० रूपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

    तोलामा २४०० रूपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

    अनलाइन नेपाल
  • बिहिबार, १० साउन २०८१
  • 675
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य घटेको छ।

    बुधबार तोलामा एक हजार एक सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला दुई हजार चार सय रूपैयाँ घटेको हो।



    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।



    बुधबार छापावाल सुन प्रतितोला एक लाख ४७ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १७ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

    बुधबार चाँदी प्रतितोला १८ सय पाँच रूपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला ५५ रूपैयाँ घटेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार