Online Nepal
  • आइतबार, ४ कार्तिक २०८१
  • अमेरिका पुगेर नेतान्याहुले भने – हाम्रा शत्रुहरू तपाईंका पनि शत्रु हुन्

    अमेरिका पुगेर नेतान्याहुले भने – हाम्रा शत्रुहरू तपाईंका पनि शत्रु हुन्

    अनलाइन नेपाल
  • बिहिबार, १० साउन २०८१
  • 348
    SHARES

    एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी कांग्रेसको संयुक्त बैठकलाई सम्बोधन गरेका छन् ।

    उनले आफ्नो सम्बोधनमा गाजा युद्धको बचाउ गरेका छन् ।



    कांग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्दै नेतान्याहुले अमेरिकी सांसदहरूलाई भने, ‘हाम्रा शत्रुहरू तपाईंका पनि शत्रु हुन् । जब हामी इरानसँग लड्छौं, हामी अमेरिकाको सबैभन्दा घातक र कट्टर शत्रुसँग लडिरहेका हुन्छौं । ‘



    धेरैजसो रिपब्लिकन नेताहरूले बिन्यामिन नेतान्याहुलाई न्यानो स्वागत गरे, तर कांग्रेसका दर्जनौं डेमोक्रेटिक नेताहरू जानाजानी त्यहाँ उपस्थित भएनन् ।

    सम्बोधनका क्रममा इजरायलका प्रधानमन्त्रीले पनि चर्को विरोधको सामना गर्नुपरेको थियो ।

    मानिसहरूले ब्यानर बोकेर विरोध गरेका थिए । नेतन्याहुको सम्बोधनमा अवरोध गर्ने पाँच जनालाई क्यापिटल भवनभित्रबाट पक्राउ गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार