एजेन्सी । मोरक्कोले अर्जेन्टिनालाई २–१ गोलले पराजित गरेको छ ।
पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा अर्जेन्टिनाले अन्तिम क्षणमा गरेको गोललाई भीएआरले मान्यता नदिएको हो ।
खेल सकिएको दुई घण्टापछि खाली रंगशालामा मोरक्कोले खेल जितेको निर्णय दिइएको हो । समूह बी को सेन्ट स्टेयनमा भएको खेल २–२ को बराबरीमा टुंगिएको थियो ।
क्रिस्टियन मेडिनाले दोस्रो हाफको इन्ज्युरी समयको १६ औ मिनेटमा बराबरी गोल फर्काएका थिए । खेल सकिएको दुई घण्टापछि खेल मोरक्कोले जितेको निर्णय भएको हो ।
Leave a Reply