Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • सौर्य एयरको जहाज दुर्घटनाका मृतकको पोस्टमार्टम सुरु

    सौर्य एयरको जहाज दुर्घटनाका मृतकको पोस्टमार्टम सुरु

    अनलाइन नेपाल
  • बुधबार, ९ साउन २०८१
  • 324
    SHARES

    काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा मृत्यु भएकाहरूको पोस्टमार्टम सुरु भएको छ ।

    त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभाग प्रमुख डा.गोपाल चौधरीले पोस्टमार्टमका लागि तीन टोली खटिएका हुन् ।



    पोस्टमार्टमको लागि पाटन अस्पताल, भक्तपुर लगायत सबै ठाउँबाट फरेन्सिक विज्ञ बोलाइएको छ ।



    सबै शवको पोस्टमार्टम गरेर रिपोर्ट तयार गरेर आफन्तलाई शव जिम्मा लगाउन तीन दिन समय लाग्न सक्ने उनले बताए ।

    चौधरीका अनुसार फिंगर प्रिन्ट, दाँतबाट मात्र पत्ता लगाउन सकियो भने रिपोर्ट आउन तीन दिन लाग्छ।

    यदि डिएनए म्याच गर्न परेमा रिपोर्ट आउन एक हप्ता लाग्नसक्ने चौधरीको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार