Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • बीआरआई छलफल नगरी कार्यान्वयन गर्न सकिन्न : परराष्ट्रमन्त्री राणा

    बीआरआई छलफल नगरी कार्यान्वयन गर्न सकिन्न : परराष्ट्रमन्त्री राणा

    अनलाइन नेपाल
  • बुधबार, ९ साउन २०८१
  • 378
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले चिनियाँ परियोजना बिआरआईको सञ्चालनका बारेमा छलफल जारी रहेको बताएकी छन्।

    संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्री देउवाले यस्तो बताएकी हुन् ।



    सांसदहरूले नेपाल सरकारले चिनियाँ परियोजना बिआरआई ऋण या अनुदान कुन मोडलमा के कसरी सञ्चालन गर्न चाहेको हो भन्ने बारेमा परराष्ट्रमन्त्री राणासँग प्रश्न गरेका थिए।



    परराष्ट्रमन्त्री देउवाले भनिन्,’यस परियोजनाको ‘फ्रेमवर्क डकुमेन्ट’मा नेपाल सरकारले पहिले नै हस्ताक्षर गरिसकेको छ। अब यसको कार्यान्वयनको मोडल के कस्तो हुने, यसलाई अनुदान या ऋण केमा सञ्चालन गर्ने भन्ने विषय निर्णय भइसकेको छैन। सर्वपक्षीयरूपमा सबैसँग आवश्यक छलफल गरी पछि निर्णय गर्नेछौं। यसमा व्यापक छलफल गर्नेछौं। ‘

    परराष्ट्रमन्त्री राणाले नेपालले परराष्ट्र नीति निर्माण तथा कार्यान्वयन गर्दा नेपालको राष्ट्रियता, नेपालको हित र नेपाली नागरिकलाई केन्द्रमा राखेर बनाइने स्पष्ट गर्दै नेपालमा निर्माण हुने वैदेशिक सहायताका परियोजनाहरूमा पनि यो पक्षलाई राम्रोसँग ध्यान दिइने बताइन्।

    उनले नेपालको परराष्ट्र नीति पञ्चशीलका सिद्धान्तका मूल्या मान्यता एवं असंलग्नतामा आधारित नै हुने पनि स्पष्ट गरिन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार