Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • ऊर्जा मन्त्रालयमा कार्यरत प्रिजालाई किन बनायो सौर्यले आफ्नो कर्मचारी

    ऊर्जा मन्त्रालयमा कार्यरत प्रिजालाई किन बनायो सौर्यले आफ्नो कर्मचारी

    अनलाइन नेपाल
  • बुधबार, ९ साउन २०८१
  • 2.4K
    SHARES

    काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटनामा परी १८ जनाको मृत्यु भएको हो ।



    जहाजमा सवार एकै परिवारका तीन जनाको मृत्यु भएको छ । जहाजमा सवार मनुराज शर्मा, प्रिजा खतिवडा र अधिराज शर्माको मृत्यु भएको हो।



    मनुराज र प्रिजा श्रीमान–श्रीमती हुन् भने अधिराज उनीहरुका छोरा हुन् ।

    प्रिजाका बुबा प्रकाश खतिवडाका अनुसार ज्वाइ प्राविधिक भएको बताएपनि छोरी भने सौर्य एयरलाइन्सको कर्मचारी नभएको बताए ।

    तर, सौर्य एयरलाइन्सले भने उनीहरु सबै कर्मचारी भएको आफ्नो विवरणमा उल्लेख गरेको छ । पारिवारका अनुसार प्रिजा ऊर्जा मन्त्रालयमा कार्यरत थिइन्।

    प्रिजा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सहायक कम्प्युटर अपरेटर थिइन् । बुधबार इन्जिन परीक्षणका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ह्यांगर प्रयोग गर्ने गरी विमान उडेको थियो ।

    तर विमान उडेलगत्तै विमानस्थल क्षेत्रभित्रै दुर्घटनामा परेको थियो । सौर्य एयरलाइन्सले विवरणमा खतिवडा र उनका छोरालाई पनि कम्पनीकै कर्मचारीको रुपमा देखाए पनि उनीहरू यात्रु रहेको खुलेको छ ।

    जहाजमा रहेका सबै सौर्य एयरलाइन्सकै कर्मचारी भने पनि केही परिवारका सदस्य पनि रहेको खुलेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार