Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • यसरी गरियो सौर्य एयर दुर्घटनामा परेका पाइलट शाक्यको उद्धार

    यसरी गरियो सौर्य एयर दुर्घटनामा परेका पाइलट शाक्यको उद्धार

    अनलाइन नेपाल
  • बुधबार, ९ साउन २०८१
  • 1.2K
    SHARES

    काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी घाइते भएको पाइलट मनिष शाक्यको उपचार भइरहेको छ ।

    दुर्घटना घाइते पाइलट शाक्यको उद्धार गरी सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भईरहेको छ।



    उनको उपचार भइरहेको अस्पतालले जनाएको छ। घटनास्थलबाट प्रहरी र नेपाली सेनाको टोलीले पाइलट शाक्यको उद्धार गरेका थिए । शाक्यको आँखामा चोट लागेको छ ।



    क्याप्टेन शाक्य सौर्य एयरलाइन्सका चिफ अफ अपरेसन समेत हुन् । २०२२ देखि उनले सिम्रिक एयरलाइन्समा ट्रेनिङ म्यानेजरका रुपमा र सौर्य एयरलाइन्समा चिफ अफ अपरेसनका रुपमा काम गरिरहेका थिए ।

    सुरक्षाकर्मीहरू र अग्नि नियन्त्रकहरुले मध्यान्ह ११ बजेर ४० मिनेटमा विमानमा लागेको आगो नियन्त्रणमा लिएका छन् ।

    विमानमा चालक दलका सदस्य सहित १९ जना सवार थिए । पोखरामा बिग्रिएको जहाज बनाउन हिँडेका सबै यात्रु सौर्य एयरको इन्जिनियर र कर्मचारी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार