Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • सौर्य एयरको जहाज दुर्घटनामा परी १८ जनाको मृत्यु

    सौर्य एयरको जहाज दुर्घटनामा परी १८ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ९ साउन २०८१
  • 393
    SHARES

    काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको हो ।



    प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले बुधबार विज्ञप्ति जारी गर्दै १८ जनाको शव घटनास्थलबाट संकलन गरिएको जनाएको छ ।



    दुर्घटनामा क्याप्टेन ३७ वर्षीय मनीष शाक्यको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ।

    घटनास्थलबाट निकालिएको शव त्रिवि शिक्षण अस्पतालमा लगिएको छ।

    ९ एन–एएमई सीआरजे-७ विमान आज बिहान काठमाडौंबाट पोखरा जाने क्रममा विमानस्थल परिसरभित्रै दुर्घटना भएको प्राधिकरणले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार