Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • सौर्य एयरलाइन्स दुर्घटना : १८ जनाको शव निकालियो

    सौर्य एयरलाइन्स दुर्घटना : १८ जनाको शव निकालियो

    अनलाइन नेपाल
  • बुधबार, ९ साउन २०८१
  • 456
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाजमा सवार १८ जनाको निधन भएको छ ।

    एयरलाइन्सको जहाज दुर्घटनामा परेका १९ जनामध्ये १८ जनाको मृत्यु भएको हो । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार १८ जनाको शव निकालिएको छ।



    जहाजमा पाइलट सहित १९ जना सवार थिए । पाइलट मनिषरत्न शाक्यलाई भने जिवित उद्दार गरिएको छ । उनलाई तत्कालै केएमसी अस्पतालमा उपचार भइरहेको छ ।



    उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।

    दुर्घटनाग्रस्त जहाज इन्जिन परीक्षणका लागि पोखरा उडेको खुलेको छ । यो जहाजको इन्जिनको पूर्ण मर्मत (सी–चेक)का लागि पोखरा जाने क्रममा थियो ।

    विमानमा सवार १८ जनाको शव यत्रतत्र छरिएर रहेका अवस्थामा सङ्कलन गरिएको विमानस्थल सुरक्षा स्रोतले बतायो ।

    सौर्य एयरको जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको उक्त विमान दुर्घटनामा परेको हो ।

    अहिले विमानस्थलमा आन्तरिक उडान प्रभावित भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार