Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • पूर्वमन्त्री महतोलाई कारबाहीको माग गर्दै राज्य व्यवस्था समितिमा उजुरी

    पूर्वमन्त्री महतोलाई कारबाहीको माग गर्दै राज्य व्यवस्था समितिमा उजुरी

    अनलाइन नेपाल
  • बुधबार, ९ साउन २०८१
  • 465
    SHARES

    काठमाठौं । जनता समाजवादी पार्टी (जसपा)का सांसद वीरेन्द्रप्रसाद महतोलाई कारबाहीको माग गर्दै राज्य व्यवस्था समितिमा उजुरी परेको छ।

    माओवादी केन्द्रका मधेस प्रदेश सांसद रहवर अन्सारीले महतोलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने माग गर्दै बुधबार समितिमा निवदेन दिएका हुन्।



    पूर्वमन्त्रीसमेत रहेका महतोले छोराको समकक्षता पत्र लिँदा शिक्षा मन्त्रालयअन्तर्गतको सानोठिमीस्थित कार्यालयलाई बिचौलियामार्फत् पाँच हजार रुपैयाँ घुस दिएको बताएका थिए।



    अन्सारीले निवेदनमा लेखेका छन्,‘भ्रष्टाचार निवारण ऐन २०७९ को दफा ३ को उपदफा ३ मा रिसवत लिनेर दिनेलाई सजायको व्यवस्था छ। रिसवत् दिने कामलाई रोक्नुको सट्टा त्यसलाई प्रोत्साहन गरेको हुँदा महतोलाई कानुन बमोजिम कारवाही गरियोस्।’

    महतोले गत साउन ६ गते प्रतिनिधि सभाको रोस्टमबाट बोल्दै छोराको समकक्षता लिनका लागि आफूले ५ हजार घुस दिएको र घुस दिएपछि काम बनेको बताएका थिए।

    महतोको अभिव्यक्तिपछि छानबिन गर्न शिक्षा मन्त्रालयले पनि समिति बनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार